arrow

बहालवाला मन्त्री, पूर्वमन्त्री र पूर्व सांसदले एकै मतदानस्थलमा मतदान गर्ने

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ वैशाख २९ बिहिबार
badhu-and-team.jpg

दार्चुला । वर्तमान उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना र पूर्व सांसद लक्ष्मण दत्त जोशीले दार्चुलामा स्थानीय तहको निर्वाचनमा एकै मतदानस्थलबाट मतदान गर्ने भएका छन् ।

महाकाली नगरपालिका वडा नम्बर ५ मा मतदाता नामावली भएका उनीहरुको मतदान स्थल अपिनाम्पा संरक्षण क्षेत्रको भवनमा परेको छ । मतदान अधिकृत रीति आचार्यका अनुसार बहालवाला मन्त्री बडू र पूर्वमन्त्री ठगुन्नाले मतदान केन्द्र ‘क’ बाट मताधिकार प्रयोग गर्नेछन् । 

यस्तै पूर्व सांसद जोशीको नामावली ‘ख’ केन्द्रमा परेको छ । वर्तमान मन्त्री बडू एक साताअघि गृह जिल्ला दार्चुला पुगेका थिए । बडू शुक्रबार मतदानपछि मात्रै काठमाडौं फर्कदैछन् ।

बडू नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् । ठगुन्ना नेकपा एमालेका पोलिटव्युरो सदस्य हुन् । जोशी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ