arrow

स्थानीय तह निर्वाचनको मतदान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
279935148_1275366329661347_603831595604815443_n.jpg

काठमाडौं । आज स्थानीय तहको निर्वाचन । बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । 

६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जानएको छ । 
आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् । 

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । 

निर्वाचनमा १ लाख ०९ हजार ०८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ