arrow

महिलालाई नेतृत्व तहमा पुग्न कसैले रोक्न सक्दैन: सभामुख घर्ती

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
speaker-onsari-gharti-magar.jpg.jpeg
काठमाडौँ । सभामुख ओनसरी घर्तीले नेपालका महिलालाई नीति निर्माणको नेतृत्व तहमा पुग्न अब कसैले रोक्न नसक्ने बताएकी छन् । 
 
नेपाल प्रहरी श्रीमती सङ्घको ३२औँ वार्षिकोत्सवका अवसरमा  आज आयोजित कार्यक्रममा सभामुख घर्तीले नयाँ बनेको संविधानले महिलालाई सामाजिक र राजनीतिक विभेदबाट मुक्त गरेको बताउँदै संविधान कार्यान्वयनमा सहयोग गर्न सबैसँग आग्रह गरिन् । 
 
अहिले कायम रहेको राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखमा महिलाको नेतृत्वको फेरि अवसर पाउँछन् कि पाउँदैनन् भन्ने गम्भीर प्रश्न उठिरहेको उनिको भनाइ छ । उनिले भनिन् , “ढुक्क हुनुहोस्, छोरासरह छोरीलाई पनि शिक्षामा अवसर दिनुहोस् । अब नेपालमा छोरीको उज्ज्वल भविष्य कसैले रोक्न सक्दैन ।” 
 
सङ्घले प्राकृतिक प्रकोपमा सहयोग, लागुऔषध नियन्त्रण र समाजसेवा लगायतका क्षेत्रमा गर्दै आएका आफ्ना गतिविधिलार्ई निरन्तरता दिन सभामुखले आग्रह गरिन् । कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सङ्घलाई वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा पनि सङ्घ मानवीय र सामाजिक कार्यमा सक्रियतापूर्व सहभागी हुने आशा व्यक्त गरे । 
 
सङ्घका अध्यक्ष रोशी अर्यालले सङ्घले आफ्ना सदस्यका लागि सीपमूलक तालिम, छोराछोरीलाई छात्रवृत्तिलगायतका सामाजिक कार्य गर्दै आएको जानकारी दिइन् । कार्यक्रममा विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको थियो । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ