arrow

उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने पेन्ट्स कम्पनीलाई कानूनी रूपमै उन्मुक्ति !

पेन्टमा अधिक पाइने लिड बालबालिकाको स्वास्थ्यका लागि बढी घातक

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
paints-new-.jpg.jpeg.jpeg
काठमाडौं । तीन दिन पहिले हाम्राकुरा डटकमलाई वातावरण मन्त्रालयबाट प्राप्त भएको सार्वजनिक हुन बाँकी रहेको एउटा अध्ययन प्रतिवेदनको आधारमा बजारमा मापदण्ड विपरितका पेन्ट्स छ्याप्छ्याप्ती शीर्षकमा एउटा समाचार प्रकाशित भयो । 
 
स्वास्थ्यको लागि हानिकारक रहेका पेन्टमा मापदण्ड भन्दा हजारौं गुणा बढी लिड रहेको तथ्य प्रतिवेदनले औल्याएको देखेपछि हामीले यसको असरबारे चिकित्सकहरूसँग पनि आवश्यक परामर्श गरेका थियौ ।
 
यस विषयमा चिकित्सक र जानेबुझेकाहरूलाई सोध्दा पेन्टमा अधिक मात्रामा रहेको हानिकारक लिडले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने  जवाफ आयो । त्यति थाहा पाएपछि हामीले यस विषयमा सरकारी निकायको चासोको विषयमा बुझ्न विभिन्न निकायमा सम्पर्क गरेका थियौं । 
 
यसको असर र उपयोगिताको बारेमा बुझ्दा नेपाल मेडिकल कलेजका एसोशिएट प्रोफेसर डा. अनुप ढुङ्गानाले लिड मानव स्वास्थ्यको लागि आवश्यक नरहेको स्पष्ट पारे । उनले लिडका कारण मानिसलाई अक्सिजन लिन समस्या पर्ने, मेमोरी पावर लस हुने लगायतका समस्याहरू सिर्जना हुने जानकारी दिए । उनले यो तत्व शरीरको लागि आवश्यक नरहेको समेत स्पष्ट पारे । 
 
त्यसपछि हामी लाग्यौ सरकारी निकायतिर । यस विषयमा कुराकानी गर्दा मापदण्ड पहिचान गर्ने जिम्मेवारी पाएको गुणस्तर तथा नापतौल विभागका हानिर्देशक विश्वबाबु पुडासैनीले विभागले कसैले परीक्षणको लागि आग्रह गरेको खण्डमा परीक्षण गरिदिने जिम्मेवारी मात्रै पाएको सुनाए । 
 
उनले यस विषयमा परीक्षणको आग्रह गर्दै कसैले पनि आफूलाई लिड परीक्षणको लागि पेन्टको नमुना नपठाएको पनि जानकारी दिए । 
 
 
 
त्यसपछि हामी लाग्यौं वातावरण तिर । वातावरण मन्त्रालयले तयार पारेको प्रतिवेदन र स्वास्थ्यको लागि हानिकारक लिडको अवस्थाको विषयमा वातावरण विभागमा कुरा गर्दा विभागका अधिकारीहरूले प्रतिवेदन आफूहरुले प्राप्त नगरेकाले कारबाहीको खासै प्रक्रिया अघि नबढाइएको जवाफ दिए ।
 
विभागका प्रवक्ता शंकर पौडेलले सो प्रतिवेदन आफूले प्राप्त नगरेको जानकारी दिए । तर, यसरी स्वास्थ्यको लागि हानिकारक काम गरेको भेटिए आवश्यक कारबाही अघि बढाउने प्रतिवद्धता भने उनले जनाए । तर, सन् २०१३ मै यस्तो व्यहोराको प्रतिवेदन आएको भएपनि अहिलेसम्म यस विषयमा कुनै उपलब्धी हासिल भएको छैन । 
 
कानूनी प्रक्रियाबाटै उन्मुक्ति
यसरी वातावरणमा गम्भीर असर पुर्‍याउने र उपभोक्ताको स्वास्थ्यलाई समेत जोखिम पार्ने काम कमजोर कानूनी प्रावधान र यसबाट सहजै उन्मुक्ति पाउन सक्ने परिपाटीका कारणले गर्दा यस्तो धन्दा मौलाएको जानकारहरू बताउँछन् । 
 
सकेसम्म त यस्ता विषयमा जरिवानासम्मको स्थितीमा नै पुगिदैन, जरिवाना तिराईमा पनि सामान्य रकम लिने प्रवृत्तिले यस्तो काममा संलग्नहरूले त्यसै उन्मुक्ति पाउने अवस्था रहेको छ । 
 
यस्तो गैरकानूनी काममा संलग्न रहेको पुष्टि भएपनि यस्तो गर्नेलाई कारबाही गर्न भने ‘गालवलाई श्यामकर्ण घोडा खोज्न’ जस्तै कठिन रहेको छ । अहिले वातावरण विभागले सिफारिस गरेर वातावरण मन्त्रालयले गर्ने कारबाहीमा बैभन्दा ठूलो कारबाही भनेको ५० हजार जरिवाना गर्नेसम्म मात्रै हो। 
 
यसको आधारमा हामी के भन्नसक्छौं भने, यस्तो काम गर्नेलाई न त कानूनले नै कडाई गरेको छ न त कानूनको कुरा गरेर विभागले नै यस्तालाई कारबाही गर्ने गरेको छ । 
 
विभागलाई दिइएको कानूनी अधिकार अनुसार गल्ती गरेको भेटेपछि सचेत गराउने र निश्चित सकय तोकेर सुध्रिने मौका दिने, त्यति गर्दा पनि भएन भने बढीमा ५० हजारसम्म कारबाही गराउने भन्दा बढी कुनैपनि कारबाही गर्ने कानूनी अधिकार नरहेको वातावरण विभागले जनाएको छ । त्यसैले पनि उपभोक्ताको ज्यान जोखिममा पार्ने उद्योगलाई पनि कारबाही गर्ने कानून नहुनुले समग्र मुलुकको कानूनी व्यवस्थालाई नै लज्जास्पद बनाएको छ । 
 
‘किड्नीमा समेत समस्या हुन्छ लीडका कारण’
चिकित्सकहरूका अनुसार अन्य समस्याहरूसँगै किड्नीमा समेत लिडको मात्रा बढी हुँदा समस्या सिर्जना हुनेगरेको बताउँछन् । चिकित्सक ढुङ्गाना लिडका कारण सामान्य पेट दुखाईदेखि किड्नीसम्मको समस्या देखिने बताउँछन् । उनीसँगै अन्य जानकारहरूका अनुसार पेन्टमा लिडडको मात्रा थोरै पनि आवश्यक छैन । त्यो चम्काउनलाई मात्र हो । लिड जस्तो सस्तोमा चम्किने चिज अरु नभएकाले उद्योगहरुले यही नै प्रयोग गर्दछन् । 
 
लीड धेरै भयो भने यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सकहरुको तर्क छ । यस विषयमा लामो समयदेखि अध्ययन गर्दै आएका जनस्वास्थ्य तथा वातावरण सेवा केन्द्रका कार्यकारी निर्देशक राम चरित्र साह पेन्टमा लिडको कुनै आवश्यकता नै नरहेको बताउँछन् ।  उनी भन्छन्, ‘स्वास्थ्यलाई क्याल्सियम, आईरन जस्तो लीडको कुनै आवश्यकता नै पर्दैन बरु यसले स्वास्थ्यमा असर भने गर्ने गर्दछ ।’
 
उता चिकित्सकहरू र यसै क्षेत्रमा काम गर्नेहरू लिड शरीरमा बढी परेको खण्डमा विशेषगरी बालबालिकाको  मस्तिस्कमा गम्भीर असर पुर्‍याउने, उनीहरूको स्मरण शक्ति दिन प्रतिदिन कमजोर हुँदैजाने र सिर्जनसिलता नै नष्ठ हुने बताउँछन् । निर्देशक साह पनि यसको असर विशेषगरी बालबालिकाको मस्तिस्कमा पर्ने भन्दै बढी लिड हुने पेन्ट नियन्त्रणमा सरकार नै सक्रिय हुनु पर्ने बताउँछन् । अघिल्लो वर्ष मन्त्रालयले नै गरेको अध्ययनले पनि यस्ता लिडको मात्रा बढी हुँदा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने ठोकुरा गरेका थिए । यसरी स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने पेन्ट उत्पादन गर्ने कम्पनीको नाम तल उल्लेखित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ