arrow

कांग्रेसका सक्रिय सदस्य मतदान स्थलमा पुगे पनि मत नहाली बिते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
Kamal-Singh-Bist.jpg.jpg

बैतडी । बैतडीका ७० वर्षीय एक वृद्धको भोट हाल्ने सपना अधुरै रहेको छ । पाटन नगरपालिका  ६ टुडेगैरका कमलसिंह विष्टलाई स्टेचरमा राखेर मतदान स्थलसम्म लगिएको थियो । मतदान स्थल पुग्ने बितिक्कै उनलाई भोट हाल्न चाँजोपाँजो मिलाइएको भए पनि उनको भोट नहाल्दै मृत्यु भएको छ ।

उनका आफन्त वसन्त बिष्टले भने,‘उहाँ बिरामी हुनुहुन्थ्यो । आफैँले भोट हाल्छु भनेपछी मतदानस्थल पुर्‍याएका हौँ । तर, पुग्ने बितिक्कै बेहोस हुनुभयो । अस्पताल लैजाने तयारी गर्‍यौँ । तर, उहाँको मृत्यु भइसकेको थियो ।’

कांग्रेसका कृयाशील सदस्यसमेत रहेका मृतक विष्ट विकास निर्माणका कामहरूमा सरिक हुने गरेका थिए । उनी स्थानीय सिँचाइ उपभोक्ता समितिका अध्यक्ष समेत थिए । दीर्घरोगी विष्ट लामो समयदेखि नियमित औषधि सेवन गर्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ