arrow

६४ प्रतिशत मत खस्यो, १६ जिल्लाका ७७ केन्द्रमा मतदान स्थगित, गण्डकी र लुम्बिनीमा शतप्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
voting-2079-local-level1.jpg

काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको शुक्रबार भएको मतदानमा देशभर समग्रमा ६४ प्रतिशत मत खसेको जनाएको छ । आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) मा राति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६४ प्रतिशत मतदान भएको छ । 

आयोगले दलहरु तथा उम्मेदवारहरुबीच विभिन्न कारणले १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । 

उक्त स्थानहरुमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशित गरी पुनः मतदान गराउने जनाएको छ । 

गण्डकी र लुम्बिनी प्रदेशमा कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी प्राप्त नभएको पनि निर्वाचन आयोगले जनाएको छ । 
 



नयाँ