arrow

ओलम्पिक पुरुष फुटबल: ब्राजिल र जर्मनी स्वर्णकालगि भिड्ने

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
rio_neymar.jpg.jpeg
काठमाडौं।  ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको फाईनलमा ब्राजिल र जर्मनी भिड्ने भएका छन्। स्वर्ण पदककालागि दुई टोलीका बिच प्रतिस्पर्धा हुने भएको हो। 
 
सेमिफाईनलमा ब्राजिलले होण्डुरसलाई ६-० गोलले पराजित गर्दा जर्मनीले नाईजेरियालाई २-० गोलले पराजित गरेको हो। 
 
पहिलो सेमिफाईनलमा ब्राजिलले होण्डुरसलाई हराउने क्रममा कप्तान नेयमारले १४औं सेकेण्डमा गोल गर्दै आफ्नो टोलीकालागि खाता खोलेका थिए। उनको उक्त गोल ओल्मपिक ईतिहासको सबैभन्दा छिटो गरिएको गोलका रुपमा स्थापित भएको छ। 
 
ब्राजिलकालागि गाब्रियल जिससले २६औं र ३५औं मिनेटमा गोल गरेका थिए। नेयमारले पहिलो र ९०औं मिनेटमा गोल गरेका थिए भने मार्किनोसले ५१औं र लुआंले ७९औं मिनेटमा गोल गरेका थिए। 
 
एकतर्फी देखिएको सेमिफाईनलमा ब्राजिलले होण्डुरसलाई पुरै खेल अवधिभर दवाबमा राखेको थियो। 
 
त्यसैगरि दोस्रो सेमिफाईनलमा जर्मनीले नाईजेरियालाई २-० गोलले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो। 
 
खेलको ९औं मिनेटमा लुकास क्लोस्टरम्यानले गोल गर्दै जर्मनीकालाई गोलको खाता खोलेका थिए। त्यसैगरि ८९औं मिनेटमा निल्स पिटर्सनले दोस्रो गोल गर्दै आफ्नो टोलीकालागि जित निश्चित गरेका थिए। 



नयाँ