arrow

महाभूकम्पमा भागेका २१६ मध्य १०५ कैदी मात्र पक्राउ

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
jail.jpeg.jpeg
मेलम्ची। गत वैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये हालसम्म १०५ जना मात्र प्रहरीले पक्राउ गरेको छ । 
 
भूकम्पअघिको तथ्याङ्कअनुसार पक्राउ परेका र अदातलबाट फैसला भएका ४८ कैदी र फैसला हुन बाँकी भएका ५६ थुनुवा हालसम्म पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ महिला छन् भने ९६ जना पुरुष रहेका छन् । 
 
जिल्लाबाट पछिल्लो समय पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका अभियुक्त, भूकम्पपश्चात् कारगारबाट फरार भएका सिन्धुपाल्चोक जिल्ला पाङग्रेटार–६ का मानबहादुर श्रेष्ठ रहेको र उनी समेत अहिलेसम्म १०५ जनालाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला कारागार सिन्धुपाल्चोकका निमित्त कारागार प्रमुख आकाश अधिकारीले जानकारी दिनुभयो । 
 
ज्यान मुद्दाको आरोपी उनी भूकम्पपछि जिल्ला कारागारबाट भागेको र गत असार १० गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई धुलिखेल स्थानान्तरण गरिसकेको जिल्ला कारागारले जानकारी दिएको छ । 
 
कारागारमा भूकम्पअघि २१६ कैदिबन्दी रहेको, जसमा १९६ पुरुष र २० महिला रहेको कारागारले जनाएको छ । भूकम्पपश्चात् फरार भएका कतिपय कैदी आफैँ सम्पर्कमा आएका थिए भने कतिपयलाई प्रहरीले पक्राउ गरेको थियो । 
 
भूकम्पपश्चात् कारागारसमेत भत्किएकाले कैदी राख्ने ठाउँसम्म नहँुदा धेरै समस्या भएको र समातिएका कैदीलाई विभागले तोके अनुुसारको ठाउँमा पठाउने गरेको निमित्त प्रमुख अधिकारीले जानकारी दिनुभयो । 
 
भूकम्पले पूर्णरुपमा भत्किएको कारागार अझ सम्म पनि निर्माण गर्ने तत्परता देखिएको छैन । कारागार निर्माणका लागि सार्वजनिक जग्गाको अभाव हँुदा निर्माण प्रक्रिया अहिलेसम्म रोकिएको हो । भूकम्प गएको १५ महिना बितिसक्दासमेत १११ जना कैदीबन्दी अझै फरार छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ