arrow

कूल ३२ सय ६० मत खस्दै नेविसंघको मतदान सकियो, १२ बजेसम्म मतपरिणाम

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्वको लागि भईरहेको निर्वाचनमा रातभरी मतदान जारी भएपनि केही समय अगाडि मात्रै मतदान सम्पन्न भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार बिहान सवा ८ बजेतिर मात्रै मतदान सम्पन्न भएको हो । 
 
मतदानमा कूल ३२ सय ६० मत खसेको छ । बुधबार राती १० बजेसम्म लाईनमा बसीसकेकाले मात्रै भोट हाल्न पाउने निर्वाचन समितिको निर्णय अनुरूप रातभरी नै लाईन बसेकाहरूले विहान सवा ८ बजेसम्म मतदान गरीसकेको निर्वाचन समिति सदस्य अरूण पञ्जियारले जानकारी दिए । 
 
उनका अनुसार अबको एक घण्टामा मुचुल्का खोल्ने काम सक्ने तयारी भईरहेको छ । त्यसपछि बिहीबार बिहानैदेखि मतगणना सुरू हुने र मध्यान्ह १२ बजेसम्म मतपरिणाम नै सार्वजनिक गर्ने मोटोमोटी तयारी भईरहेको छ ।नेविसंघको महाधिवेशन लम्बिँदा टाढा बाट आएका प्रतिनिधिहरू भने घर फर्किएपछि प्रतिनिधि संख्या कम भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ