arrow

जनकपुरधाममा कांग्रेसका विद्रोही साहको फराकिलो अग्रता

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
janakpur-dham-local-election-result-2079-780-count.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत वडा नम्बर १ को ७ सय ८०  मत गनिसक्दा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले अग्रता बढाउँदै लागेका छन् । 

वडा नम्बर–१ को ७ सय ८० मतगणना सम्पन्न हुँदा नगर प्रमुखमा घण्टाघर चुनाव चिह्नका साहले २ सय ५९ मत ल्याएका  हुन् । त्यसैगरी नेकपा एमालेका शिवशंकर साह हीराले १ सय ५  मतसहित दोस्रो स्थानमा छन्। निवर्तमान मेयर लालकिशोर साहले पाँचौँ स्थानमा खुम्चिएका छन् । 
ताजा परिणाम–
मनोजकुमार साह (स्वतन्त्र,घण्टाघर) –२५९
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य)– १०५ 
बलराम महतो (स्वतन्त्र,आँप) – ६१
मनोज कुमार चौधरी (लोसपा), साइकल )–४७
लालकिशोर साह (जसपा, छाता) – ३६
जानकीराम साह (स्वतन्त्र,लालटिन) – ३२
जनकपुरधाम उपमहानगरपालिका 
उपमेयर–
किशोरी साह (नेपाली कांग्रेस)–३००
रूणा झा (नेकपा एमाले) –१३५
निर्मल चौधरी (स्वतन्त्र,आँप) –(५०



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ