arrow

कैलालीको कैलारी गाउँपालिकामा राप्रपाको अग्रता 

logo
सुनील आउजी, 
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-2079.jpg

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा राप्रपाले शुरुआती अग्रता बनाएको छ । थारु बहुल सो गाउँपालिकाको वडा नम्बर १ को ५०० मत गणना गर्दा अध्यक्षमा राप्रका उम्मेदवार होमबहादुर गुरुङले १८३, नेपाली कांग्रेसका राजसमझ चौधरीले १४०, नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीले १०० मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेका झुमा चौधरीले २४ मत प्राप्त गरेका छन् । यस पालिकामा २०७४ को निर्वाचनमा  माओवादी केन्द्रका लाजुराम चौधरीले  जितेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ