arrow

नेपालगञ्ज उपमहानगरमा कांग्रेसको अग्रता, यस्तो छ बाँकेभरको पछिल्लो परिणाम

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
nepal-jung-vote-count-2079-198.jpg

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले प्रारम्भिक अग्रता लिएका छन् । १९८ मत गन्दा नगर प्रमुखका उम्मेदवार विष्टले ७९ मत, एमालेका पशुपति दयाल मिश्रले २६ मत र राप्रपाका नन्दलाल बैश्यले ५ मत पाएका छन् । 

यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले ६८ मत, एमालेकी शान्तिदेबी ढकालले २६ मत र राप्रपाकी बिन्दु चर्ती मगरले ७ मत पाएकी छिन् । अहिले वडा नम्बर २३ को मतगणना भइरहेको छ ।

नरैनापुर गाउँपालिका

बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा फेरि कांग्रेसका रामचन्द्र मौर्यले अग्रता लिएका छन् । वडा नम्बर ६ को ८०३ मत गणना हुँदा मौर्यले २२३ मत पाएका छन् । जसपाका इश्तियाक अहमश शाहको २१२ मत छ भने एमालेकी पदमावती यादवनीको १८७ मत आएको छ ।

तर, उपाध्यक्षमा भने एमालेका पञ्चराम यादवको अग्रता छ । उनले १९८ मत पाउँदा दोस्रो स्थानमा रहेकी कांग्रेसकी अतिकुन निशा खाँको १७२ मत रहेको छ । तेस्रो स्थानमा जसपाकी जयन्तीदेवी श्रीवास्तव छिन् । उनले १०९ मत पाएकी छिन् । वडा अध्यक्षमा कांग्रेसका प्रेमचन्द्र मौर्यको अग्रता छ । 

जानकी गाउँपालिका

बाँकेको जानकी गाउँपालिकामा कांग्रेसको अग्रता कायमै छ । ७०० मत गणना गर्दा अध्यक्षका उम्मेदवार कांग्रेसका छ्ब्बन खाँले २७३ र उपाध्यक्षकी उम्मेदवार कांग्रेसकै रामप्यारी यादवले २६८ मत पाएका छन् ।

यस्तै अध्यक्षमा जसपाका राजिव बर्माले १६१ मत र एमालेका हिमान्शु यादवले ७० मत पाएका छन् । उपाध्यक्ष उम्मेदवार एमालेकी भूमिसरा धितालले ४९ मत पाएकी छन् । उपाध्यक्षमा माओवादीका उम्मेदवारले ६७ मत पाएका छन् ।

अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । 

बैजनाथ गाउँपालिका 
बाँकेको बैजनाथ गाउँपालिकामा कांग्रेसको अग्रता कायमै छ । अध्यक्षका उम्मेदवार कांग्रेसका प्रकाश बहादुर शाही र उपाध्यक्षकी उम्मेदवार कांग्रेसकै निर्मला रोकायले अग्रता लिइरहेका छन् ।

८०० मत गणना हुँदा शाहीले ३०२ र रोकायले २४१ मत पाएका छन् । यस्तै एमालेका अध्यक्ष उम्मेदवार घननाथ खनालले २४१ र उपाध्यक्ष उम्मेदवार एमालेकी प्रेमपूर्ण योगीले २३० मत पाएकी छन् । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । 

कोहलपुर नगरपालिका 

कोहलपुर नगरपालिकामा सुरु भएको मतगणनामा नेकपा माओवादीका नगर प्रमुखका उम्मेदवार नरेन्द्र न्यौपानेले सुरुवाती अग्रता लिएका छन् ।  

कोहलपुर वडा नम्बर १ मा १७० मत गन्दासम्म माओवादीका न्यौपानेले ११७  मत, एमालेका खिल प्रसाद भुसालले  ३३ र कांग्रेसका पूर्ण आचार्यले १७ मत पाएका छन् । 

डुडुवा गाउँपालिका 

डुडुवा गाउँपालिकामा वडा नं १ बाट मत गणना सुरू भएको छ। केहि बेरमा मत परिणाम आउने निर्वाचन कार्यालय डुडुवाले जनाएको छ।

खजुरा गाउँपालिका

बाँकेको खजुरा गाउँपालिकामा एमालेका सुमन  मल्लको अग्रता कायमै छ।

पछिल्लो मतगणनाको  परिणाम अनुसार  एमालेका  मल्लले ९ सय ४६ र  गठवन्धनबाट उम्मेदवार बनेका नेकपा माओबादी  डम्बर बिक तुफानले ८ सय ८८ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार मञ्जु मल्लले ९ सय ४९ र नेकपा एमालेका ताजरुन निसाले ८ सय ६९ मत प्राप्त गरेकी छन् । उक्त गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना जारी छ।

राप्तीसोनारी गाउँपालिका 

राप्तीसोनारी  गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारुले अग्रता कायमै गरेका छन् ।  कांग्रेसका तप्त पौडेल दोस्रो स्थानमा  छन् ।  

२०५७ मत गणना गर्दा एमालेका थारुले ७७२ मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल ७०१ मतका दोस्रो स्थानमा छन् ।

त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ३४२ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको ७८०, कांग्रेसकी मनिषासिंह थारुको ६६८ र माओवादीकी मन्जु रोकायले ३१० मत पाएका छन् । मतगणना जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ