arrow

जनकपुरमा कांग्रेसका बागी उम्मेदवार साह एक्लै निकै अगाडि, गठबन्धनलाई नाक जोगाउन सकस  

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
janakpurdham-vote-count-11.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारको अग्रता कायमै रहेका छन् । शुरुआती समयदेखि नै अग्रता कायम गरेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी नजिकका मनोज साहले ११ सय ८० मतको गणना हुँदा ४ सय ६ मत ल्याएका हुन् ।

यस्तै पाँच दलीय गठबन्धनका उम्मेदवार लालकिशोर साहले ६० मत मात्र ल्याएका छन् । नेकपा एमालेका शिवशंकर साह हिरा १ सय ५०, स्वतन्त्र उम्मेदवार बलराम महतो ८७, लोसपाका मनोज चौधरी ६८, स्वतन्त्र उम्मेदवार जानकीराम साह ८२ , जनमत पार्टीकी अनिता देवी साह १९, तमलोपाकी विभा ठाकुरले ११ मत ल्याएकी छिन् ।

यस्तै उपमेयरतर्फ गठबन्धनका कांग्रेसबाट उम्मेदवार रहेका किशोरी साहले ३ सय ८६ मत ल्याएका छन् । यस्तै एमालेकी रुना झाले १ सय ४९, लोसपाकी निवर्तमान उपमेयर रिताकुमारी मिश्र ७६, निर्मल चौधरी ७२ मत ल्याएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ