arrow

भन्सारको एक्सरे मेसिनले अमेरिकी नागरिकलाई पुर्‍यायो प्रहरीको खोरमा

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
TIA-custom-1.jpg.jpeg
काठमाडौं। भन्सार विभागले तोकिएको परमाणभन्दा बढी सुन बोकेर आउने एक अमेरिकी नागरिकलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको छ। बुधबार साँझ साढे ७ बजेतिर अमेरिकाबाट दुबै हुँदै थाई एयरमा नेपाल आएकी डोल्मा नाम गरेकी नेपाली मूलकी एक अमेरिकी नागरिकलाई पक्रउ गरेर प्रहरीको जिम्मा लगाईएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख योगेन्द्र गौचनले जानकारी दिए। 
 
उनको साथबाट ३ सय ११ ग्राम सुन बरामद गरिएको पनि गौचनले जानकारी दिए। भन्सार परिसरमा प्रवेश गरेपछि ब्याग एक्सरे मेसिनमा ब्याग राख्दा उनको व्यागमा बढी मात्रामा सुन रहेको थाहा पाईएको हो। उनलाई अब प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिएको पनि उनले जानकारी दिए। 
 
कानून अनुसार तोकिएको परिणाम भन्दा बढी परिमाणमा चुन चाँदि र मदिरा ल्याएको खण्डमा १० लाखसम्म भएमा सामान जफत मात्रै गर्ने र सो भन्दा बढी सामान रहेको खण्डमा ल्याईएको सामान जफत गर्दै सोही सामानको निर्धारित बजार मुल्य बराबरको जरिवाना सहित १ देखि ५ महिनासम्म कैद गर्ने उल्लेख गरेको छ। ती महिलाले आफूलाई कानूनको पत्तो नरहेको भन्दै जिद्दी गरिरहेकी छिन्। 
 
त्यस्तै, भन्सार कार्यालयले  १६ बोत्तल  मदिरा पनि जफत गरेको छ तोकिएको परिणाम भन्दा बढी मदिरा ल्याएको भेटिएपछि उनीहरूलाई पनि कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाईएको भन्सार कार्यालयले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ