arrow

कांग्रेस सभापति देउवाको गृहवडामा गैरकांग्रेस विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
sher-bahadur-deuba.jpg.jpeg
तस्बिर– फाइल

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् ।

भण्डारी ६ सय ७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । उनले ५ पाँच सय ४४ मत ल्याए । विजयी भण्डारी कांग्रेस बीपीबाट करुवा चिनाव चिह्न लिएर चुनाव लडेका थिए । 

कांग्रेस डडेल्धुराका पूर्व सभापथि कर्णबहादुर मल्लले विद्रोह गरी कांग्रेस बीपीबाट जिल्लाभर उम्मदेवार उठाएका थिए । एमालेसँग तालमेल गरेका मल्लले भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो । 

प्रधानमन्त्री देउवाको घर गन्यापधुरा गाउँपालिका १ मा पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ