arrow

जनसम्पर्क समिति जापानमा चुनावी रौनक

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
japan-janasamparka.jpg.jpeg
जापान। नेपाली जनसम्पर्क समितिमा जापानमा आवद्धहरुलाई चुनावी महौलले छोपेको छ। समिती छैठौ महाधिबेसनले नेतृत्व चयन पनि गर्ने भएका कारण उम्मेदवारहरु चुनावी रणनीति बनाउन र मत माग्न व्यस्त देखिन्छन्। चुनावमा दुई प्यानल हुने लगभग निश्चित देखिएको छ।
 
डिपी कंडेल प्यानल ले २९ जनाको प्यानल मनोनयन दर्ता गरेको छ। जसमा सभापती पदमा डण्डपानी कँडेल, महामन्त्रीमा रामजँग कार्की, कोषाध्यक्षमा बाबुराम सापकोटा रहेका छन्। खुल्ला सदस्यहरुमा राजेन्द्र प्रसाद जमरकट्टेल, पुस्करजँग थापा, पेम्बा लामा, धुर्वकुमार थापा, प्रेम कंडेल, हरिप्रसाद कडेल, जीवन खड्का, लक्ष्मण थापा, राजन कुमार गिरी, उल्लास पान्डे, कृष्ण गैरे, बद्री पौडेल, शुसिल पौडेल, लक्ष्मण बानीया, भिमलाल गैरे, अशोक शर्मा, सुजन खड्का, कृपन दाहाल, नबिन सागर सापकोटा, राम बहादुर कार्कीले उमेदवारी दर्ता गरेका छन्। 
 
महिला तर्फबाट नागोया क्षेत्रकी निबर्तमान सभापती साधना घिमीरे, सुस्मा लामा, गितादेबी कँडेलले उमेदवारी दर्ता गराएका छन्। त्यस्तै जनजातीतर्फ दिपक बुर्जा मगर, मिनराशी गुरुङ र मेख बहादुर लामाले उमेदवारी दर्ता गराएका छन्। 
 
निर्वाचन कमिटीले तोकेको समय भित्रै उम्मेदवारी दर्ता गराएर कँडेल प्यानल मैदानमा होमिएको छ। यती बेला कँडेल प्यानलका सभापती, महामन्त्री, कोषाध्यक्ष सहित समर्थकको टोली जापानका विभिन्न क्षेत्रमा भेटघाटमा जुटेका छन्। नागोया क्षेत्रमा भेटघाट गरि ओसाका, हुदै टोली फुकुवाका र हिरोसिमा क्षेत्रतिर लागेको छ। २१ तारिखमा हुँदै गरेको निर्वाचनमा ९ सय बराबर मतदाताले ९ वटा क्षेत्रमा मतदान गर्नेछन। २४ तारीक हुने घोषणा सभामा नेपालबाट काँग्रेसका केहि नेता जापान आईपुग्ने कार्यक्रम तय भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ