- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी उम्मेदवार नेकपा माओवादीकी नेतृ रेणु दाहालले अग्रता लिएकी छिन् । एक हजार मत गणना हुँदा रेणुले ३७०, नेकपा एमालेका विजय सुवेदीले ३३९ तथा नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२१ मत ल्याएका छन् ।
यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४७८ तथा राप्रपाकी हिमला गुरुङले २७३ मत प्राप्त गरेकी छिन् ।
यो महानगरपालिकालाई निकै महत्वका साथ हेरिएको छ । रेणु निवर्तमान मेयर हुन् ।