arrow

पोखरामा गठबन्धनका उम्मेदवारहरू आचार्य र रानाभाट अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
Dhanraj-kopila.jpg

पोखरा । स्थानीय तहको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाट अगाडि देखिएका छन् । 

महानगरको वडा नं. १, २ र १६ को मतगणना जारी रहँदा आचार्य र रानाभाट अघि देखिएका छन् । तीन वटा वडाका १६ सय मत गन्दा आचार्यले ६३१ र रानाभाटले ७१६ मत प्राप्त गरेका छन् । 

यसै गरी नेकपा एमालेका मेयर पदका उम्मेदवार कृष्ण थापाले ५८३ र उपमेयर पदकी उम्मेदवार मञ्जु देवी गुरुङले पनि ५८३ मत नै प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ