arrow

तीन हजार मत गन्दा भरतपुरमा रेणुलाई ९८ मतको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
renu-dahal-2079.jpg
तस्बिर– फाइल

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेणु दाहालको अग्रता कायमै रहेको छ । उनले ९८ मतले अग्रता लिएकी छिन् । 

निकै प्रतिस्पर्धात्मक देखिएको उक्त क्षेत्रमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा चलिरहेको छ । २ हजार ९६८ मतगणना हुँदा दाहालले  १ हजार १०५ मत पाएकी छिन् भने एमालेका विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । एमाले र राप्रपाबीच गठबन्धन भएको हो । 

गठबन्धनका बागी अर्थात् कांग्रेसबाट विद्रोह गरेर उठेका जगन्नाथ पौडेलले ३९० मत पाएका छन् । उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ८३० मत ल्याएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ