arrow

एफए कपको उपाधि लिभरपुललाई, चेल्सी सडनडेथमा पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
liverpool-fa-cup-win.jpg

काठमाडौं । प्रिमियर क्लब चेल्सीलाई सडनडेथमा पराजित गर्दै लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा निर्धारित समय (९०) मिनेट र अतिरिक्त समय (३०) मिनेटसमेत गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो । 

सडनडेथमा लिभरपुल ६–५ ले जित निकाल्यो । पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गरे । लिभरपुलका साडियो मानेले भने पेनाल्टी चुकाए ।

चेल्सीका मार्कुस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्हिन्हो र हाकिम जिएच गोल गरे ।

यस्तै, सेजर एज्पिलिक्वेटा र मासन माउन्ट पेनाल्टी गोल हुन सकेन ।

लिभरपुल सिजनको चौथो उपाधि नजिक पुगेको छ । एफए कपको उपाधि जितेको लिभरपुलले यस अघि काराबाओ कपको उपाधि जितेको थियो ।

लिभरपुलले आठौं पटक एफए कपको उपाधि उचालेको हो । चेल्सी भने लगातार तेस्रो सिजन फाइनलमा पराजित भएको छ ।

हाल लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ भने प्रिमियर लिगको उपाधि होडमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ