arrow

किशोरी बलात्कार अभियोगमा एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
Rape-Cases.jpg

तनहुँ । तनहुँमा १५ वर्षकी एक किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का १९ वर्षीय रोशन मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

मगरले दुलेगौंडास्थित एक लजमा लगेर ती किशोरीलाई बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ