arrow

मोरङका चार स्थानीय तहमा २६ जना निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
local-level-election-everytime.jpg

मोरङ । मोरङको चार वटा स्थानीय तहमा वडाध्यक्षसहित २६ जना निर्वाचित भएका छन् । कानेपोखरी, कटहरी, धनपालथान, ग्रामथान गाउँपालिका र सुनवर्षी नगरपालिकामा गरी २६ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

काँग्रेसका दुई, एमालेका २ र माओवादी केन्द्रका एक जना वडाअध्यक्षमा निर्वाचित भएका हुन् । कटरी गाउँपालिकामा १ नं वडाको वडाध्यक्षमा एमालेका हरिनारायण राजवंशी ९ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । 

कानेपोखरी १ मा काँग्रेसका रत्नबहादुर कार्की १ हजार १ सय ८, कानेपोखरी ७ मा एमालेका मोहनप्रसाद अधिकारीले १ हजार ३ सय २८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । 

यसैगरी धनपालथान गाउँपालिका १ मा माओवादी केन्द्रका खाजा हुसेन मियाँले ५ सय ८२ मत ल्याएर वडाअध्यक्षमा जितेका छन् । सुनवर्षी नगरपालिका १ मा काँग्रेसका वीरबहादुर राईले १ हजार २ सय ११ मत ल्याएर वडाअध्यक्षमा विजयी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख काश्यव अधिकारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ