काठमाडौं। नेपाल विद्यार्थी संघको मतगणना शुरु भएको छ। मतगणनाको प्रारम्भिक रिपोर्ट समेत आउन थालेको छ। अहिलेसम्म प्राप्त मतगणना अनुसार नैनसिंह प्यालन अगाडी देखिएको छ। अध्यक्षका प्रत्यासी नैनसिंह महर अगाडी ६३६ मतका साथ अगाडी छन्। अध्यक्षका निकटतम प्रतिष्पर्धी मनोजमणी आचार्य ५९७ मतका साथ दोस्रोमा रहेको मतगणनास्थलमा रहेका हाम्रा सहकर्मी तेजसिंहले जनाएका छन्। अध्यक्षमा ७ जना उमेद्वार छन। कुल ३२ सय ६० मत खसेको छ।
महामन्त्रीमा ७७७ मतका साथ कुन्दन काफ्ले अगाडी छन्। ६९१ मतका साथ सरोज थापा दोस्रोमा छन। दुई महामन्त्रीका लागि भएको निर्वाचनमा ५१७ मतका साथ हिमालदत्त श्रेष्ठ र ६२४ मतका साथ दिपक भट्टराई पछाडी छन्। महामन्त्रीमा अर्का उमेद्वार शंकर पौडेल पनि मैदानमा छन्।
बुधबार राती १ बजेसम्म लाईनमा बसीसकेकाले मात्रै भोट हाल्न पाउने निर्वाचन समितिको निर्णय अनुरूप रातभरी नै लाईन बसेकाहरूले विहान सवा ८ बजेसम्म मतदानमा संलग्न रहेका थिए। अध्यक्षदेखि केन्द्रीय सदस्य सम्म गरि १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा आनन्द राज त्रिपाठी, नगेन सिंह ठकुरी, नैनसिंह महर, बचन कार्की (मुसा), मनोजमणी आचार्य, लक्ष्मण आचार्य र शुभराम वस्नेत गरि ७ जना मैदानमा थिए। महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको छ।