arrow

२० पालिकाको अन्तिम नतिजा आयोः प्रमुखमा एमालेलाई आठ र उपप्रमुखमा कांग्रेसलाई आठ  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
congress-uml-maobadi-as-jasapa.jpg

काठमाडौं । गत बैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका २० वटा पालिकामध्ये ८ वटाको प्रमुखमा नेकपा एमाले, ७ वटाको प्रमुखमा नेपाली कांग्रेस, ३ वटाको प्रमुखमा नेकपा माओवादी केन्द्र र २ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । 

हाल मतगणना भएका स्थानहरुमध्ये पालिका प्रमुखमा २६६ स्थानमा नेपाली कांग्रेस, १८३ स्थानमा नेकपा एमाले, १०९ स्थानमा माओवादी केन्द्र, १२ स्थानमा एकीकृत समाजवादी, २६ स्थानमा जनता समाजवादी पार्टी नेपाल, ६ स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र २७ स्थानमा पार्टी तथा स्वतन्त्र उम्मेदावरको अग्रता रहेको छ । 

यस्तै, उपप्रमुख–उपाध्यक्षको मतगणना सकिएका २० स्थानमध्ये ८ वटामा नेपाली कांग्रेस, ७ स्थानमा नेकपा एमाले, २ स्थानमा माओवादी केन्द्र, २ स्थानमा एकीकृत समाजवादी र एक स्थानमा अन्य उम्मेदवार विजयी बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ