arrow

चाँगुनारायणमा कांग्रेसको जित, १२ मतले एमाले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
Changunarayan_Nagarpalika.png

भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत प्राप्त गरेकी छिन् ।  

यस्तै उपप्रमुखतर्फ एमालेको रमेश बुढाथोकीले एक हजार १८२ मत र कांग्रेसकी सुभद्रा काफ्लेले एक हजार १०५ मत प्राप्त गरेका छन् । उक्त नगरको वडा नं १ मा कांग्रेसका सिजन कार्कीले १२ मतको अन्तरले एमालेका उम्मेदवारलाई हराउँदै कांग्रेसको प्यानल विजयी भएको छ । 

कार्कीले एक हजार २२५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका ईश्वर थापाले एक हजार २१३ मत प्राप्त गरेका छन् । 

 कांग्रेसबाट विजयी हुने वडा सदस्यमा गोविन्द श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, महिलामा मुना गुरुङ र दलित पूर्जा बर्देवा हुन् । 

चाँगुनारायण १ मा २०७४ सालमा कांग्रेसका राजेश खड्काले राप्रपा ईश्वरी थापालाई ११० मतले हराएका थिए । त्यतिबेला एमाले तेस्रो स्थानमा थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ