arrow

मादीमा मतान्तर बढाउँदै कांग्रेसका देवीजंग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
devijung_gurung.jpg

पोखरा । स्थानीय तहको निर्वाचन अन्तर्गत मादी गाउँपालिकामा मतगणना जारी छ । मतगणनामा नेपाली कांग्रेसका देवीजङ्ग गुरुङले अग्रता बढाउँदै लगेका छन् । 

गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेद्वार बनेका उनले नेकपा एमालेका शिव गुरुङको भन्दा ५०४ मतान्तर बनाएका हुन् । 

मादीको वडा नं. १, २, ३ र ४ को मतगणना सकिंदा कांग्रेसका देवीजङ्ग गुरुङले दुई हजार ३०४ मत प्राप्त गरेका छन् । 

उनका प्रतिस्पर्धी एमालेका शिवबहादुर गुरुङ (महेन्द्र) ले एक हजार ८०० मत ल्याएर पछ्याईरहेका छन् ।

मतगणना सकिएका वडाहरुमा नेपाली कांग्रेस विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ