arrow

कञ्चनपुरको बेल्डाँडीमा कांग्रेस तथा बेलौरी र लालझाडीमा माओवादीको अग्रता 

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७९ जेठ १ आइतबार
local-level-election-2079.jpg

कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना चालु तीन पालिकाहरुमा प्रमुख ३ दल एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले अग्रता लिइरहेको प्राप्त मत परिणामले जनाएको छ ।

बेलौरीमा प्रमुख पदमा माओवादी केन्द्रका पोतिलाल चौधरीले २५२४ मत ल्याएर अग्रता लिइरहेका छन । उप प्रमुखमा माओवादी केन्द्रकी मञ्जु शाहले ३०४० मत ल्याएर अग्रता लिइरहेकी छिन् । प्रमुख पदमा एमालेकी कमला बोहराले २३४१ मतका साथ माओवादी उम्मेदवारलाई पछ्याइ रहेकी छिन् । उप प्रमुखमा एमालेका जोगराम चौधरीले २०८३ मत ल्याएर पछ्याइरहेका छन् । प्रमुख पदमा नेपाली काँग्रेसका हरेन्द्र सिंह विष्टले १५७५ र उप प्रमुखमा खिना भण्डारी कुँवरले १३९९ मतका साथ प्रतिस्पर्धा गरिरहेका छन् । 

बेल्डाँडी गाउँपालिकामा प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका हरिश्चन्द्र राना २२९८ मतका साथ अग्रता लिइरहेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसकी शान्ति नाथले २२३४ मतका साथ अग्रता कायम राखेकी छन् । 

बेल्डाँडीमा प्रमुखमा एमालेका अक्कल बिष्टले १५९८ र उप प्रमुखमा फूलदेवी रानाले १८६० मत ल्याएर पछ्याइ रहेका छन् । बेल्डाँडीमा प्रमुख पदमा ईश्वरीदत्त भट्ट ६९३ र उपप्रमुखमा कल्पना गिरी ४३२ मत ल्याएर प्रतिस्पर्धामा रहेकी छिन् । 

लालझाडीमा प्रमुख पदका एमालेका उम्मेदवार निर्मल राना १८५३ उपप्रमुख उम्मेदवार सपना राना चौधरीले १५०१ मत ल्याएर अग्रता लिरहेहेका छन् । प्रमुख पदका उम्मेदवार माओवादीका मदनसेन बडायकले १२७७ र उपप्रमुख सत्यदेवी महराले १२०५ मतका साथ पछ्याइरहेका छन् । 

लालझाडीमा सुरुमा अग्रता लिएको नेपाली काँग्रेसका उम्मेदवारहरु भने पछिल्लो मत परिणाम अनुसार तेस्रो स्थानमा झरेका छन् । प्रमुख पदका काँग्रेस उम्मेदवार श्रीकृष्ण रानाले १२३१ उपप्रमुख राधा राना १६६७ मतका साथ प्रतिस्पर्धा गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ