arrow

जनकपुर ३ मा फेरि दिपेन्द्र साह 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ जेठ १ आइतबार
280662459_541147820909322_1294273426906883988_n.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ मा तराई मधेस लोकतान्त्रिक पार्टी  प्यानलसहित निर्वाचित भएका छन् । सो वडामा तराई मधेस लोकतान्त्रिक पार्टीका दीपेन्द्र साहले १७ मतको अन्तरले जित हासिल गरेका छन् ।

साहका निकटतम प्रतिद्वन्द्वीी नेकपा एमालेका उम्मेदवार सुनिल दास भन्दा १७ मत अधिक ल्याएर विजयी भएका हुन् । साह  २ सय ७६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिलाल दासले २ सय ५९ मत ल्याए । तमलोपाबाट विजयी हुने उनी पहिलो उम्मेदवार हुन् । दिपेन्द्र २०७४ को निर्वाचनमा राजपा नेपालबाट वडा नम्बर ३ का अध्यक्ष भएका थिए । 

 सो भन्दा पहिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ र २ नेपाली कांग्रेसले सम्पूर्ण प्यानलसहित जित हासिल गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ