- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका विद्रोही उम्मेदवार मनोजकुमार साह निकै अगाडि गएसँगै सत्ताधारी गठबन्धन र विपक्ष दललाई तनाव भएको छ ।
कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीका प्रिय पात्र साहले गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा खडा भएका थिए ।
साहले अहिलेसम्म १६७८ मत पाएका छन् । त्यस्तै एमालेका शिवशंकर साह हीराले ८९३ मत पाएका छन् । लोसपाका मनोज चौधरीले २५२ मत ल्याएका छन् । गठबन्धनका जसपाका उम्मेदवार लालकिशोर साह भने चौथो स्थानमा छन् । उनले मात्र २३१ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी किशोरी साहले १६४६ मत पाएकी छिन् । एमालेकी रूना झाले ९४७ मत ल्याएकी छिन् । त्यस्तै लोसपाकी रिता झाले २५३ मत पाएकी छिन् ।