arrow

विराटनगरको बदर मत २९ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
biratnagar-mahanagarpalika-metro.png
तस्बिर– फाइल

विराटनगर । विराटनगर महानगरपालिकामा बदर मत २९ प्रतिशत पुगेको छ । ७ हजार ९३५ मत गणना हुँदा २ हजार ४३३ मत बदर भएको हो । यसपालि निकै मत बदर भएको छ । 

मेयरमा गठबन्धनका उम्मेदवार नागेश कोइरालाले ३ हजार १३९ मत पाएका छन् । एमाले उम्मेदवार सागर थापाले २ हजार २६२ मत ल्याएका छन् । 

त्यस्तै उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीको २ हजार ७६२ मत रहेको छ । त्यस्तै गठबन्धनका तर्फबाट जसपा उम्मेदवार अमरेन्द्र यादवले १ हजार ६३२ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ