arrow

कास्कीको अन्नपूर्ण गाउँपालिकामा कांग्रेसका कुँवरको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
yubraj kunwar.jpg

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसका युवराज कुँवरले अग्रता लिएका छन् । जारी मतगणनामा कुँवरले नेकपा एमालेका विष्णुबहादुर केसीभन्दा १०४ मतान्तरले अग्रता लिएका हुन् ।

अन्नपूर्णको ६ वटा वडाको मतगणना भइरहेको छ । जसमा कुँवरले दुई हजार ७९६ र केसीले दुई हजार ६९२ ले प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी खीमकुमारी गुरूङ अगाडि रहेकी छन् । गुरुङले दुई हजार ८१२ मत प्राप्त गर्दा नेकपा एमालेकी चन्द्रकला अधिकारी देवकोटाले दुई हजार ६८२ मत प्राप्त गरेकी छन् । 

अन्नपूर्ण गाउँपालिका वडा नं. ६, ७, ८, ९, १० र ११ को मतगणना जारी छ भने अन्य वडाहरुमा पनि मतगणनाको तयारी भइरहेको बताइन्छ । अन्नपूर्ण गाउँपालिका २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका कुँवरले नै जितेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ