arrow

खसेकोभन्दा बढी मत भेटिएपछि रम्भामा झडप, छ घाइते, अश्रुग्यास प्रहार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
local-level-election-12345.jpg

रामपुर । पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ ।

रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिकृतको कार्यलयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाई रोक्ने क्रममा झडप भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले तीन जना प्रहरीलाई ढुङ्गा तथा लाठीले हिर्काई घाइते बनाएपछि प्रहरीले अश्रुग्यास हानेको बताए । उनले थप क्षति हुन नदिन स्थानीय जनता, मतदाता तथा स्थानीय राजनीतिक दललाई आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ