arrow

नेविसंघ अध्यक्षमा नैनसिंह विजयी; महामन्त्री भए कुन्दन र सरोज

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
nainsingh-saroj-kundan.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको चुनावको मतगणनाको अन्तिम नतिजा आएको छ। नतिजा अनुसार नैनसिंह महर विजयी भएका छन्। उनले १४९६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिष्पर्धी मनोजमणी आचार्यले १३६२ मत  र  आनन्द त्रिपाठीले ३४८ मत  ल्याएका मतगणनास्थलमा रहेका हाम्रा सहकर्मी तेजसिंहले जनाएका छन्। 
 
अध्यक्षमा आनन्द राज त्रिपाठी, नगेन सिंह ठकुरी, नैनसिंह महर, बचन कार्की (मुसा), मनोजमणी आचार्य, लक्ष्मण आचार्य र शुभराम वस्नेत गरि ७ जना मैदानमा थिए। कुल ३२ सय ६० मत खसेको छ। 
 
महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा विजयी भए। दुई महामन्त्रीका लागि भएको निर्वाचनमा हिमालदत्त श्रेष्ठ, दिपक भट्टराई र शंकर पौडेल मैदानमा थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ