arrow

९५ पालिकाको छिनोफानो, एमालेलाई पछि धकेल्दै कांग्रेस लाग्यो अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
local-level-election-2079.jpg

काठमाडौं । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । ७५३ तहको निर्वाचन र त्यसपछिको मतगणना भइरहँदा अहिलेसम्म मात्र ९५ पालिकाको छिनोफानो भएको छ । 

मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । सोमबार बिहान ८ बजेसम्म एमालेले अग्रता लिएकामा त्यसपछि लगातार नेपाली कांग्रेसले जित हासिल गरेसँगै कांग्रेस अगाडि लागेको हो । 

अहिलेसम्म कांग्रेसले ३७ पालिका प्रमुख जितिसकेको छ । एमालेले ३४ पालिका  प्रमुख जितेको छ । २०७४ को निर्वाचनपछिको पहिलो शक्ति बनेको एमाले दोस्रो शक्तिमा झरेको छ । 

नेकपा माओवादी केन्द्र तेस्रो शक्तिमा स्पष्ट अगाडि देखिएको छ । माओवादीले २२ प्रमुख जित्दा नेकपा एकीकृत समाजवादीले २ प्रमुख जितेको छ । अन्य दलले भने अझैसम्म प्रमुखमा खाता खोल्न सकेका छैनन् । 

नेपाली कांग्रेसले सबैभन्दा धेरै २५६ पालिका प्रमुखमा अग्रता लिन सफल भएको छ । एमालेले १५५ पालिकामा अग्रता लिँदा माओवादी केन्द्रले ९९, नेकपा एसले १६, जनता समाजवादी पार्टी जसपाले २९, लोकतान्त्रिक समाजवादी पार्टीले १२ तथा अन्यतर्फ २६ ले अग्रता लिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ