arrow

कागेश्वरी मनोहरा ९ मा कांग्रेसका अनिल निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
kageshowori-1-2079-congress.jpg

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ९ मा नेपाली कांग्रेसका अनिल थापा वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार रामहरी गोतामेलाई पराजित गर्दै थापा विजयी भएका हुन्।

थापाले १ हजार ५ सय २ मत प्राप्त गर्दा उनका निकटथम प्रतिद्वन्द्वी एमालेका रामहरी गोतामेले १ हजार ४ सय ५४ मत प्राप्त गरेका छन्।

वडा सदस्यहरुमा भने चार सदस्य नै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । सदस्यमा एमालेका राजेन्द्र थापा, मन्जु थापा, भगवती बस्नेत, सारा पुर्कुटी निर्वाचित भएका हुन् ।

वडा नं ९ मा कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र कार्कीले १ हजार ४ सय ३६ र एमालेबाट मेयरका उम्मेदवार रामशरण ढुंगानाले १ हजार १ सय ८७ मत प्राप्त गरेका छन् ।
अहिले कागेश्वरी मनोहरा नगरपालिका २ र ८ को मतगणना कार्य भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ