arrow

को हुन् कुन्दन काफ्ले ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ भदौ २ बिहिबार
kundan.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा महामन्त्री पदमा विजय हासिल गरेका कुन्दनराज काफ्ने नेपाल विद्यार्थी संघमा यसअघी कोषाध्यक्ष भइसकेका थिए। स्थायी घर दोलखा जफेका काफ्ले सानै उमेरदेखि जझारु थिए। नेपाली काँग्रेस र नेपाल विद्यार्थी संघको राजनीतिमान  सानै उमेरदेखि सक्रिय काफ्ले पशुपति क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भइसकेका छन्।  
 
नेपाल विद्यार्थीं संघमा फरक किसिमको बैचारिक आन्दोलन गर्दै आएका काफ्लेले महाधिवेशनको पूर्व सन्ध्यामा विधिवत महाधिवेशनको माग गर्दै रिले हुँदै आमरण अनशनको समेत नेतृत्व गरेका थिए। उनले अन्य आन्दोलनमा समेत संलग्न थिए। 
 
विभिन्न किसिमका शैक्षिक मुद्दाहरूमा आफ्नो भिन्न शैली प्रस्तुत गरेर आफ्ना शैक्षिक एजेण्डालाई समेत स्थापित गराउन सफल भएका काफ्ले नेविसंघमा शैक्षिक परिवर्तनमा ठूलो योगदान दिने विद्यार्थी नेताका रूपमा चिनिएका छन्। 
 
यस अघि पनि पटकपटक विभिन्न विसिमका राजनीतिक आन्दोलनको अग्रप्रक्तिमा रहेर आफूलाई अब्बल सावित गरिसकेका उनी तात्कालीन राजा ज्ञानेन्द्रको शाही शासनको विरुद्धमा पशुपति क्याम्पसमा नै विभिन्न किसिमका रचनात्मक आन्दोलनमा सहभागि थिए। उनी सडकको आन्दोलनको नायक थिए। प्रतिगमन विरुद्धको आन्दोलनमा उनले पटकपटक जेल जीवन समेत भोगिसकेका व्यक्ति हुन्। 
 
नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित भएका कुन्दन काफ्ले नेपाली काँग्रेसको पछिल्लो महाधिवेशनमा दोलखा जिल्लाबाट जिल्ला सभापतिको रूपमा उम्मेदवार थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ