arrow

को हुन् सरोज थापा ?

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
Saroj-Thapa.gif.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघका निवर्तमान सह–महामन्त्री तथा तत्कालीन शाही शासन कालमा त्रि–चन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत बनिसकेका विद्यार्थी नेता हुन् सरोज कुमार थापा । तत्कालीन समयमा राजसभामा उपस्थित हुन आउँदा आफ्नै नेतृत्वमा त्रिचन्द्र कलेज अगाडि राजाको सवारी केही बेर रोकेर आफ्नो निडरता प्रस्तुत गरिसकेका थापा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्षको आकांक्षी बनेर चुनावी मैदानमा उत्रने तयारीमा छन्। थापा २०६३ सालमा राजाको शासनकालमा राजाको तस्विर गुणगान गाउने पाठ्यपुस्तक च्यातेको आरोपमा थापा त्यस तत्कालिन विद्यार्थी नेताहरु ठाकुर गैरे र प्रदिप पौडेलसँगै जेल बसेका थिए। राजनीतिक यात्रा वि.सं. २०४६÷४७ सालदेखि नै सुरू गरेका उनी २०५६ सालमा चितवन 
 
महाधिवेशनको समयमा त्रिचन्द्र क्याम्पसका इकाई अध्यक्षको रूपमा समेत काम गरिसकेका छन् । थापा नेपाल विद्यार्थि संघमा एउटा पाको र खरो विद्यार्थी नेताको रूपमा आफूलाई चिनाउन सफल भएका छन् । धरान शिक्षा सदन स्कूलबाट पढाई सुरू गरेपनि राजनीति भने त्रिचन्द्रमा आएपछि इकाई सदस्यबाट सुरू गरेको बताउने थापा यो महाधिवेशनबाट महामन्त्री भएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ