arrow

होडमा कांग्रेस–एमालेः अर्धशतक नजिक दुवै दल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
Congress-UML_Election.jpg

काठमाडौं । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । ७५३ तहको निर्वाचन र त्यसपछिको मतगणना भइरहँदा अहिलेसम्म मात्र १२७ पालिकाको छिनोफानो भएको छ । 

मतपरिणामअनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर रहेको छ । दुवै दलले बराबरी ४७–४७ प्रमुख जितेका छन् । कांग्रेसले ४७ पालिका प्रमुख जितिसकेको छ । २५६ मा अगाडि रहेको छ । उपप्रमुखमा कांग्रेस ५५ पद जित्न सफल भएको छ भने २११ मा अगाडि रहेको छ । 

एमालेले ४७ पालिका प्रमुख जितेको छ । २०७४ को निर्वाचनपछिको पहिलो शक्ति बनेको एमाले १३८ प्रमुखमा अगाडि रहेको छ । उपप्रमुखमा एमालेले ४० सिट जितेको छ भने १६८ मा अगाडि छ । 

नेकपा माओवादी केन्द्र तेस्रो शक्तिमा स्पष्ट अगाडि देखिएको छ । माओवादीले २६ प्रमुख जित्दा ९० पालिकामा अग्रता लिन सफल भएको छ । उपप्रमुखमा माओवादीले १९ सिट जितेको छ भने ११३ सिटमा अगाडि छ । 

स्वतन्त्रसमेत गरी अन्यले ५ प्रमुखमा जित्दा २२ मा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले २ प्रमुख जितेको छ । १८ मा अगाडि छ । त्यस्तै उपप्रमुखमा ५ सिट जित्दा १६ सिटमा अगाडि छ । 

जनता समाजवादी पार्टीले प्रमुख पद जितेको छैन । २९ सिटमा अगाडि छ । उपप्रमुखमा मात्रै २ सिट जितेको छ भने २७ मा अगाडि छ । 

लोकतान्त्रिक समाजवादी पार्टीले कुनै पालिका जितेको छैन । ११ पालिकामा अगाडि छ । उपप्रमुखमा कुनै सिट जितेको छैन । ८ सिटमा अगाडि छ । 

नेपाली कांग्रेसले सबैभन्दा धेरै २५६ पालिका प्रमुखमा अग्रता लिन सफल भएको छ । एमालेले १५५ पालिकामा अग्रता लिँदा माओवादी केन्द्रले ९९, नेकपा एसले १६, जनता समाजवादी पार्टी जसपाले २९, लोकतान्त्रिक समाजवादी पार्टीले १२ तथा अन्यतर्फ २६ ले अग्रता लिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ