arrow

एक सय ३६ पालिकाको परिणाम आयो, कांग्रेसले प्रमुख–उपप्रमुख गरी शतक नघायो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
congress-flag-final-final.jpg
तस्बिर– फाइल

काठमाडौं । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । ७५३ तहको निर्वाचन र त्यसपछिको मतगणना भइरहँदा अहिलेसम्म मात्र १३६ पालिकाको छिनोफानो भएको छ । 

मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले ५६ पालिका प्रमुख जितेको छ । नेकपा एमालेले ४७ पालिका प्रमुख जितेको छ । तेस्रो स्थानको माओवादी केन्द्रले २७ पालिका प्रमुख जितेको छ । अन्यले ४ पालिका प्रमुख जित्दा नेकपा एकीकृत समाजवादीले २ पालिका प्रमुख जितेको छ । 

कांग्रेस २४५ पालिकामा अगाडि छ । त्यस्तै एमाले १४१, माओवादी ९१, अन्य २३, नेकपा एकीकृत समाजवादी १८, जनता समाजवादी पार्टी जसपा २९ तथा लोकतान्त्रिक समाजवादी पार्टी १२ स्थानमा अगाडि छ । 

उपप्रमुखमा कांग्रेसले ५७ सिट जित्दा २१२ मा अगाडि रहेको छ । एमालेले ४० सिट जित्दा १६९ सिटमा अग्रता लिएको छ । 

माओवादीले २० सिट जित्दा १११ सिटमा अगाडि छ । एकीकृत समाजवादीले ६ सिट जित्दा १६ मा अगाडि रहेको छ । अन्यले ३ सिट जित्दा १६ मा अगाडि छ । 

जनता समाजवादी पार्टी जसपाले २ सिट जित्दा २७ सिटमा अगाडि छ । 

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ९ सिटमा अगाडि छ । 

नेपाली कांग्रेसले सबैभन्दा धेरै २५६ पालिका प्रमुखमा अग्रता लिन सफल भएको छ । एमालेले १५५ पालिकामा अग्रता लिँदा माओवादी केन्द्रले ९९, नेकपा एसले १६, जनता समाजवादी पार्टी जसपाले २९, लोकतान्त्रिक समाजवादी पार्टीले १२ तथा अन्यतर्फ २६ ले अग्रता लिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ