arrow

अब सरकारको प्रवक्ता राम कार्की

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
Ram-Karki-minister.jpeg
काठमाडौं । सरकारको प्रवक्तामा सूचना तथा सञ्चारमन्त्री राम कार्की चयन भएका छन्। सूचना तथा सञ्चारमन्त्री सरकारको प्रवक्ता तोकिने परम्परा छ । 
 
प्रवक्ताको कार्यभार सम्हालेपछि पहिलो पटक उनले विहिबार बसेको मन्त्रिपरिषद्का निर्णयका बारेमा सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।
 
यसअघि सरकारको  प्रवक्ताको काम उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले गर्दै आएका थिए । नवनियुक्त प्रवक्ता कार्कीले साउन ३० गते सूचना तथा सञ्चारमन्त्रालयको कार्यभार सम्हालेका थिए। 
 
उनले भने, “सर्वप्रथम म मन्त्रिपरिषद्को प्रवक्ताको जिम्मेवारी सम्हालेपछि सबै सञ्चारकर्मीलाई अभिनन्दन गर्दछु, मन्त्रिपरिषद्का बैठकका निर्णय यहाँहरुलाई जानकारी गराउने छु ।”  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ