arrow

कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
rasuwa---.jpg

रसुवा । रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भए । 

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत पाए । नेकपा माओबादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत पाए । 

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरा लामाले २ हजार ८ सय १० मत ल्याएर विजयी भइन् । उनकी प्रतिद्धन्द्धी नेकपा एमालेकी अम्बिका भट्ट (पौडेल) ले २ हजार २ मत प्राप्त गरिन् । 

कालिका गाउँपालिकामा ५ वटा वडा रहेका छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका दावा तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेश न्यौपाने, वडा नम्बर ३ मा नेपाली कांग्रेसकै फणिन्द्रप्रसाद न्यौपाने, वडा नम्बर ४ मा खेसम तामाङ र वडा नम्बर ५ मा नेपाली कांग्रेसकै सन्दिप पौडेल विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ