arrow

पूर्वीचौकी गाउँपालिकामा कांग्रेस दुईतिहाई मतसहित विजयी, सबै सिट क्लिनस्विप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
purbichauki-gaupalika.jpg

डोटी ।  डोटीको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसले दुईतिहाई मतसहित क्लिनस्विप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र सबै वडासदस्य पदमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन् ।

अध्यक्षमा कांग्रेस उम्मेदवार रामप्रसाद उपाध्यायले ५ हजार १३३ मत प्राप्त गरे । जुन सदर मतमा पनि ६७ दशमलव ५६ प्रतिशत हो । यहाँ कूल ८ हजार २५६ मत खसेको थियो । जसमध्ये ७ हजार ५९७ मत सदर भएको छ । अध्यक्षमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार खड्काले २ हजार २०५ मत मात्रै प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकी पशुपति खड्काले ४ हजार ७२४ मत हासिल गरेर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी शारदाकुमारी साउँदले दुई हजार ४४४ मत प्राप्त गरिन् ।

वडाध्यक्षहरूमा कांग्रेसकै उम्मेदवारहरू १ नम्बर वडामा अंकबहादुर खड्का, २ नम्बरमा योगेन्द्रबहादुर ठकुल्ला, ३ नम्बरमा खड्कबहादुर धामी, ४ नम्बर वडामा बलबहादुर खड्का, ५ नम्बरमा खड्कबहादुर साउँद, ६ नम्बरमा पुष्पराज जोशी र ७ नम्बर वडामा प्रेमबहादुर खड्काको प्यानलसहित नै विजयी भएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा यो पालिकामा कांग्रेस अध्यक्ष उम्मेदवार उपाध्याय एमालेका दीर्घराज बोगटीसँग पराजित भएका थिए । उतिबेला कांग्रेसले ५ वटा वडाध्यक्ष जित्दा पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हारेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ