arrow

टोखाको मेयरमा कांग्रेसकी रजनीको अग्रता, उपमेयरमा पनि कांग्रेसकै मुरारी अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
local-level-election-2079.jpg

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेवार रजनी थापाले अग्रता लिएकी छिन् । स्थानीय तहको बैशाख ३० गते सम्पन्न मतदानको सोमबार १४ हजार १८६ मत गणना हुँदा कांग्रेसकी उम्मेदवार थापाले पाँच हजार ५६० मत ल्याई अग्रता लिएकी छिन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले पाँच हजार ३५८ मत प्राप्त गरेको टोखाकी निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन् । 

यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन् । तामाङले पाँच हजार ५१७ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार ज्ञानमायाँ डङ्गोलले पाँच हजार ५१ मत प्राप्त गरेकी छिन् । 
    
टोखाको हालसम्म पाँचवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । जसमध्ये वडा नं १ को अध्यक्षमा कांग्रेसका उम्मेदवार रमेशकुमार लामिछाने, वडा नं २ को अध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ को अध्यक्षमा एमालेका रमेश डङ्गोल, वडा नं ४ को अध्यक्षमा एमालेकै धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ को अध्यक्षमा पनि एमालेका उम्मेदवार मदन गुरुङ विजयी भएका छन् । 

अहिले टोखाको वडा नं ६, ७ र ८ को मतगणना भइरहेको छ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको निर्वाचन अधिकृत शर्माले बताइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ