arrow

विराटनगरमा नागेश र शिल्पा अगाडि

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ जेठ २ सोमबार
nagesh-shilpa-biratnagar.jpg

मोरङ । विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले उम्मेदवारले अग्रता कायम नै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा कांग्रेस उम्मेदवार नागेश कोइरालाले एक हजार पाँच सय ५८ मतले अग्रता बढाएका छन् । उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्की जसपा उम्मेदवार अमरेन्द्र यादव भन्दा १३८८ मतले अगाडि छिन् ।
 
प्रमुख पदमा कांग्रेस उम्मेदवार कोइरालाले ५५३२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सागर थापाले ३९७४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले १७५६ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार प्रह्लाद साहले  १०१४ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्कीले  ४५६३ प्राप्त गरेकी छिन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले ३१७५, राप्रपा उम्मेदवार विन्दा आचार्यले १२२२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ९५८ मत प्राप्त गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ