arrow

तामाकोशीमा मेजरले ससुरालाई जिताइछाडे, न पुनः मतदान भयो न मेजरलाई कारबाही 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
Screenshot 2022-05-16 203054.jpg
तस्बिर– खड्कालाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिँदा नाराबाजी गर्दै स्थानीय ।

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाको वडा नम्बर १ भिरकोटमा पटक पटक पुनः मतदान गर्न गरिएको मागको सुनुवाइ नभएपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु मर्माहत भएका छन् । 

कांग्रेसका उम्मेदवारले हारेको भएर नभई धोकाधडी भएर एमालेका उम्मेदवार बसनत थापाले जितेको भन्दै उनीहरु मर्माहत भएका हुन् । महेश काफ्लेका अनुसार मतदानको दिन थापाका ज्वाइँ नेपाली सेनाका मेजर अभय खड्का मतदानस्थल छिरेका थिए । 

उनी सिभिल ड्रेसमा भित्रैसम्म जाँदै मतदातालाई तर्साउने गर्थे । काफ्लेका अनुसार कांग्रेसका मतदाता हुन् भन्ने थाहा पाउनासथ उनले धम्क्याउने गर्दथे । अन्ततः उनलाई तारा दल गणबाट खटिएर गएको सैनिक टोलीले पक्राउ गरेर गाडीमा राखेर लग्यो । 

तर उनलाई कारबाही भने नभएको गुनासो कांग्रेसी नेताहरुको छ । अझ १० किलोमिटरको पिच बाटोमा लैजानुपर्ने मतपेटिका साँझ ६ः३० बजे छुटेको गाडी बिहान ३ बजे बल्ल पुगेकोसमेत आरोप उनीहरुको छ । 

र यो चलखेलपछि थापा विजयी भएको र कांग्रेसले हारेको कांग्रेसी नेताहरु बताउँछन् । उनीहरुको गुनासो अझै छ , ‘मेजरले ससुरालाई जिताइछाडे, न त पुनः मतदान भयो न त मेजरलाई कारबाही ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ