काठमाडौं। ब्राजिलमा जारी रियो ओलम्पिकको पदक तालिकामा समान ९ स्वर्ण रहेको बेलायत र चीन क्रमश: दोस्रो र तेस्रो स्थानमा छ। स्वर्ण संङ्ख्या समान भएपनि रजत पदक बेलायतकोभन्दा कम भएपछि चीन पदक तालिकाको तेस्रो स्थानमा रहेको हो। बेलायतको १९ रजत छ भने चीनको १५ रजत छ।
पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ। अमेरिकाको ३० स्वर्ण छ। बुधबार २८ स्वर्ण रहेको अमेरिकालाई थप २ स्वर्ण हात परेको हो।
समान १२ स्वर्णसहित रूस र जर्मनी पदक तालिकाको क्रमश: चौंथो र पाचौं स्थानमा छ। १० स्वर्णसहित जापान पनि पदक तालिकाको छैठौं स्थानमा उक्लिएको छ। बुधबार जापान ७ स्वर्णसहित दशौं स्थानमा थियो।
समान ८ स्वर्णसहित फ्रान्स र इटाली पदक तालिकाको सातौं र आठौं स्थानमा छ। ८ स्वर्ण नै रहेको नेदरल्याड्स नवौं स्थानमा छ।
७ स्वर्णसहित अष्ट्रेलिया दशौं स्थानमा छ।
रियो ओलम्पिकमा हालसम्म ८० मुलुकले पदक हात पारेका छन्। बुधबारसम्म पदक हात पार्नेमा ७६ मुलुक रहेकोमा थप ४ मुलुकले पदक हात पारेका छन्।