arrow

दुई सय ५१ पालिकाको छिनोफानो, एमालेभन्दा कांग्रेस दोब्बरतिर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
local-level-election-000.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । दुई सय ५१ पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि बढेको छ । 

कांग्रेसले ११६ पालिका प्रमुख जितेको छ । कांग्रेस अझै १९५ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानको एमालेले ६७ पालिका जितेको छ । १२५ पालिकामा अग्रता लिएको छ । कांग्रेस दोब्बरतिर अगाडि बढेको छ । 

तेस्रो भएको माओवादी केन्द्रले ५४ पालिका जितेको छ भने ६० पालिकामा अग्रता लिएको छ । अन्यले ८ सिट जित्दा २० मा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले ४ सिट जित्दा १८ सिटमा अगाडि रहेको छ । 

जनता समाजवादी पार्टीले २ सिट जित्दा २७ सिटमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी ११ सिटमा अगाडि रहेको छ । 

उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले १११ सिट जित्दा १६८ सिटमा अगाडि रहेको छ । 

एमालेले ७१ सिट जित्दा १४७ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्र ४९ सिट जित्न सफल भएको छ भने १३ सिटमा अगाडि रहेको छ । 

अन्यले ४ सिट जित्दा १४ सिटमा अगाडि रहेको छ । जनता समाजवादी पार्टीले ३ सिट जित्दा २६ सिटमा अगाडि रहेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ९ सिटमा अग्रता लिएर अगाडि बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ