arrow

पोखरामा अग्रता बढाउँदै धनराज र कोपिला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
Dhanraj-kopila.jpg

पोखरा । पोखरा महानगरमा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य र उपमेयरका उम्मेदवार कोपिला रानाभाटले अग्रता बढाउँदै लगेका छन् । 

पोखरामा मङ्गलवार बिहान ९ बजेसम्ममा २० हजार ६६० मत गणना भएको छ । जसमा मेयर उम्मेदवार आचार्यले एमालेका कृष्ण थापासँग १२ सय ८५ मतले अग्रता लिएका छन् ।

आचार्यले ८५ सय ६३ मत ल्याएर अग्रता हासिल गर्दा एमालेका थापाले ७२ सय ७८ मत ल्याएका छन् ।

यस्तै, उपमेयर पदमा रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँग ६१५ मतले अग्रता हासिल गरेकी छन् । रानाभाटले ८८ सय ७६ र गुरुङले ८२ सय ७१ मत ल्याएकी छन् ।

यस्तै, पोखराको मेयरमा राप्रपाका शङ्कर खरलाले एक हजार २७ मत प्राप्त गरेका छन् ।

पोखरामा हालसम्म एमालेले वडा नं. १ को अध्यक्षमा मात्रै जित हासिल गरेको छ । यो वडा एमालेले २०७४ को निर्वाचनमा पनि जितेको थियो । 

वडा नं. २, ३, ४, १२ र २३ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यी वडा कांग्रेसले यसअघि जितेका थिए । 

हाल पोखरा वडा नं. ५, १३, २४, २५ र २६ को मतगणना भइरहेको छ । पोखरामा दुई लाख सात हजार ७१२ मतदाता रहेकोमा एक लाख ४३ हजार २२६ (६८.९६ प्रतिशत) मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ