arrow

मुलुकलाई समृद्धितर्फ लैजान आर्थिक क्रान्ति जरुरी : डा भट्टराई

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg
काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई समृद्धितर्फ लैजान अब आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन् । 
 
सहिद बेपत्ता परिवार घाइते अपाङ्ग संरक्षण मञ्चले रामवृक्ष यादवको २२औँ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले सहिदको सपना पूरा गर्न देशमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताए । 
 
उनले भने – “मुलुकको अग्रगमनका लागि जीवन बलिदान गर्ने सहिद तथा घाइते र बेपत्ता परिवारलाई राजनीतिभन्दा माथि राखेर न्याय दिलाइदिनुपर्छ ।” 
 
पूर्व प्रधानमन्त्रीसमेत रहेका  डा भट्टराईले यादव निष्ठावान् र आदर्शवादी नेता भएको स्मरण गर्दै अहिले मधेसमा विभिन्न रुपमा जारी रहेको आन्दोलनलाई सही दिशानिर्देश गर्न उहाँको अभाव खट्किएको विचार व्यक्त गरे । 
 
सोही पार्टीका सहसंयोजक रामचन्द्र झाले सरल, सहयोगी स्वभावका यादवमा उच्चस्तरको राजनीतिक संस्कार रहेको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ