arrow

दुई सय ७९ पालिकाको छिनोफानो, प्रमुख उप्रमुखमा कांग्रेसलाई ढाई सय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । दुई सय ७९ पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि बढेको छ । 

कांग्रेसले पालिका प्रमुख र उपप्रमुख गरी ढाई सय पद जितिसकेको छ । कांग्रेसले १२७ पालिका प्रमुख जितेको छ । कांग्रेस अझै १८० पालिकामा अग्रता लिइरहेको छ । 

दोस्रो स्थानको एमालेले ७६ पालिका जितेको छ । ११८ पालिकामा अग्रता लिएको छ । तेस्रो भएको माओवादी केन्द्रले ६१ पालिका जितेको छ भने ५३ पालिकामा अग्रता लिएको छ । अन्यले ८ सिट जित्दा २३ मा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले ४ सिट जित्दा १७ सिटमा अगाडि रहेको छ । 

जनता समाजवादी पार्टीले ३ सिट जित्दा २७ सिटमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी ११ सिटमा अगाडि रहेको छ । 

उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले १२२ सिट जित्दा १५८ सिटमा अगाडि रहेको छ । 

एमालेले ७९ सिट जित्दा १४१ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्र ५८ सिट जित्न सफल भएको छ भने ७१ सिटमा अगाडि रहेको छ । 

नेकपा एकीकृत समाजवादीले ९ सिट जित्दा १३ सिटमा अगाडि छ । अन्यले ५ सिट जित्दा १४ सिटमा अगाडि रहेको छ । 

जनता समाजवादी पार्टीले ३ सिट जित्दा २५ सिटमा अगाडि रहेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ९ सिटमा अग्रता लिएर अगाडि बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ